अर्थ ताजा खबर News

अवरुद्ध त्रिशूली ३ ए निर्माणको काम मंसिरबाट सुरु

अवरुद्ध त्रिशूली ३ ए निर्माणको काम मंसिरबाट सुरु

HydroEmissions_main_1011

कात्तिक ३ । भूकम्पका कारण निर्माण अवरुद्ध भएको ६० मेगावाटको त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको काम आगामी नोभेम्बर अर्थात मंसिरदेखि सुरु गरिने भएको छ ।

नुवाकोट र रसुवा जिल्लामा निर्माणाधिन त्रिशुली ३ एक जल विद्युत आयोजनाको पहुँचमार्ग पूर्ण रुपमा क्षति भएपछि अवरुद्ध भएको निर्माण कार्य मंसिरदेखि सुरु गरिन लागेको हो । नेपाल विद्युत प्राधिकरणले अघि बढाइरहेको आयोजनाको काम भूकम्पका कारण १२ वैशाख देखि पूर्णरुपमा अवरुद्ध छ ।

सन् २०१६ को जुनमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको आयोजनाको निर्माणमा भूकम्पका साथै अन्य विविध कारणले ढिलाइ हुँदै आएको छ । कारोबार

Trisuli

विशेष