News

लोकमानको घरमा म्याद तामेली नगर्ने तामेलदारलाई पनि अब कारबाही

लोकमानको घरमा म्याद तामेली नगर्ने तामेलदारलाई पनि अब कारबाही

shambhu-khatri

कात्तिक ३ । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई अदालतमा उपस्थित हुन गरिएको म्याद सूचना बुझाउन सहयोग नगरेको अभियोगमा तामेलदार शम्भु खत्रीलगायत काठमाडौं महानगरपालिका १० का वडासचिव र खरिदारलाई कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तामेलदार खत्री, वडासचिव सरिता राई र वडाका खरिदार सुभाष आचार्यलाई अदालती बन्दोबस्तको ११ नम्बर महलबमोजिम कारबाही हुनुपर्नेभन्दै सर्वोच्च रजिस्ट्रार श्रीकान्त पौडेलले आइतबार इजलाससमक्ष प्रतिवेदन पेश गरेका थिए । –नागरिक दैनिकबाट

विशेष