ताजा खबर विदेश News

ट्रम्प क्लिन्टन अन्तिम पटक आमने सामने हुने, ट्रम्पलाई रोइकराई नगर्न अमेरिकी राष्ट्रपति ओबामाको आग्रह

ट्रम्प क्लिन्टन अन्तिम पटक आमने सामने हुने, ट्रम्पलाई रोइकराई नगर्न अमेरिकी राष्ट्रपति ओबामाको आग्रह

trump-vs-clinton

कात्तिक ३ । अमेरिकी राष्ट्रपति बराक ओबामाले चुनावमा आफूविरुद्ध धाँधली हुने रिपब्लिकनतर्फका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्दै त्यस्तो रोइकराई बन्द गर्न भनेका छन् ।उनले मतदान नै नभई अमेरिकि राष्ट्रपति पदको उम्मेदवारले अशोभनिय रुपमा चुनावलाई बदनाम गर्ने ट्रम्पको जस्तो प्रयास पहिला कहिल्यै नभएको पनि बताए ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेको भन्दै ओबामाले त्यसको पनि आलोचना गरे ।ट्रम्पले आफूले चुनावमा जिते रुसी राष्ट्रपतिसँग नजिकको सम्बन्ध राख्ने प्रतिक्रिया यसअघि दिएका थिए ।अमेरिकी राष्ट्रपति पदका प्रत्यासीबीच बुधवार अन्तिम बहस हुँदैछ ।

मत सर्वेक्षणहरुका अनुसार ट्रम्प समर्थक मतदाताको संख्या घटिरहेको छ । साथै उनले यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन् । ट्रम्प र क्लिन्टनबीच बुधबार लास भेगसस्थित नेभाडा विश्वविद्यालयमा तेश्रो र अन्तिम प्रत्यक्ष बहस हुँदैछ ।

Trump Vs Clinton

विशेष