ताजा खबर विदेश News

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड !

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड !

saudi

कात्तिक ३ । साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । साउदी गृहमन्त्रालयका अनुसार तीन वर्ष अघि राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।

प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । साउदी अरबमा  मृत्युदण्ड शिर छेदन गरेर दिने गरिन्छ । यद्यपी उनलाई कसरी मृत्युदण्ड दिइयो भन्ने खुलाईको छैन ।

समाचार एजेन्सी एएफपीका अनुसार राजकुमार यो वर्ष मृत्युदण्ड पाउने १ सय ३४ औं व्यक्ति हुन् । शाही परिवारका सदस्यलाई मृत्युदण्ड दिइएको यो दुलर्भ घटना हो । साउदीको गृह मन्त्रालयका अनुसार राजकुमारले आफ्ना साथीको हत्या अभियोग स्वीकार गरेका थिए । मृत्यदुण्डको घोषणा गर्दै मन्त्रालयले भनेको छ कि यसले हरेक नागरिकलाई भरोसा हुनेछ कि सरकार न्याय र सुरक्षाका लागि प्रतिवद्ध छ । पीडित परिवारले ब्लड मनी लिन अस्वीकार गरेका थिए, जसका कारण राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।

Death Saudi King Saudi King

विशेष