ताजा खबर राजनीति News

सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिने

सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिने

pm-in-samsad

कात्तिक ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले सरकारको कामकारबाही, ब्रिक्स सम्मेलनमा सहभागीता, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसंग भएको त्रिपक्षीय भेटवार्ता, लोकमान सिंह कार्की लगायतका विषयमा सांसदहरुले सरकारले जवाफ दिनुपर्ने बताएसंगै यसबारे जवाफ दिन थालेका हुन् ।

आज दिउँसो ३ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सरकारको कार्यशैली र विदेश नीतिप्रति यतिबेला प्रतिपक्षी दलहरु आक्रामक बन्दै गएका छन् । लोकमान सिंह कार्कीको विषयलाई लिएर भने सत्ताधारी दलका सांसदसमेत रुष्ट बन्दै गएका छन् ।

PM of Nepal

विशेष