पति प्रचण्डले पिएर राखेको पानी पत्नी सीताले पिउँदा किन छक्क पर्नु ?
कात्तिक ३ । पति –पत्नीबीचको माया होस त प्रचण्ड–सीताको जस्तो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रतिको प्रेम हालै त्रिभुवन विमानस्थलमा देखा परेका छ ।
ब्रिक्स सम्मेलनको पर्यवेक्षक भएर फर्केका प्रधानमन्त्री दाहाल त्रिभुवन विमानस्थलमा पत्रकारहरुबाट घेरिएका थिए । बोल्नु अघि दाहालले पानी पिउँन खोजे । गिलासमा पानी दिइयो । त्यो पानी छेउमै रहेकी सीताले प्रचण्डका अगाडि राखिदिइन ।
प्रचण्डले पानी एक घुट्को मात्रै खाए । गिलास अगाडिको टेबुलमा राखिदिए । तिर्खा प्रचण्ड पत्नी सीता दाहाललाई पनि लागेको रहेछ । उनले पतिले खाएर राखेको जुठो गिलास उठाइन् । धेरैले ठाने त्यो गिलास सीताले टेबुलबाट हटाउन उठाएकी थिइन । तर पतिले खाएर बाँकी रहेको पानी उनी आफैले पिइन् ।
पतिको जुठो खानु के अनौठो भयो र ? आखिर यो त माया पिरेमको कुरा पनि हो । माया गर्ने अधिकार सबैलाई नै छ । तर पानी अर्कै गिलासबाट खाएको भए पनि हुने । विशुद्ध पारिवारिक व्यवहार सार्वजनिक स्थलमा नगरिदिएको भए पनि हुने थियो । नेपालको शन्दर्भमा सीता दाहालले यो शैलीले कुनै अशभ्यता प्रकट नगर्ला । तर हेर्दा अस्वभाविक देखियो ।