अर्थ ताजा खबर News

द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहणको मुआब्जा थोरै भयो भन्दै पम्फा भुसालले गराइन प्रधानमन्त्रीको ध्यानाकर्षण

द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहणको मुआब्जा थोरै भयो भन्दै पम्फा भुसालले गराइन प्रधानमन्त्रीको ध्यानाकर्षण

1

कात्तिक ३ ।  काठमाडौं–निजगढ द्रुतमार्ग अन्तर्गत ललितपुर खोकना, सैंवु र बुङ्मतिका स्थानीय सरोकारवालाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी आफ्ना समस्या र मागबारे ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालको नेतृत्वमा आएको सर्वपक्षीय सरोकार समितिले द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्दा सरकारले दिने भनिएको मुआब्जा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । भेटमा सरोकार समितिका पदाधिकारीहरुले जग्गा अधिग्रहण गर्दा प्रचलित मूल्यअनुसारको मुआब्जा दिन, निर्माण कार्य गर्दा स्थानीय संस्कृति र सम्पदाको संरक्षण गर्न, स्थानीय मौलिक संस्कृति र वातावरणीय प्रभाव कम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्रीले द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना भएको र सरकारको प्राथमिकतामा रहेको बताउँदै छिट्टै द्रुतमार्ग सम्बन्धि बैठकको आयोजना गरी योजनाको कार्यान्वयन र स्थानीय सरोकारवालाहरुको चासोबारे छलफल गर्ने जाकारी दिए ।

Kathmandu Niggahd

विशेष