विदेश

१० हजार लोपोन्मुख भ्यागुता अकस्मात् मरेपछि...

१० हजार लोपोन्मुख भ्यागुता अकस्मात् मरेपछि...
कात्तिक - ३ । पेरुको टिटिकाका ताल नजिकै बस्ने १० हजारभन्दा बढी लोपोन्मुख भ्यागुता अकस्मात् मरेका छन्। टिटिकाकामा बस्ने ती ठूला भ्यागुता लोप हुँदै गइरहेका र तिनको तौल २ पाउण्डभन्दा बढी हुने गरेको छ। dead_frogs ‘स्क्रोटम फ्रग’ नामले चिनिने यी भ्यागुताको मृत्युबारे पेरुका अधिकारीहरु छानबिन गरिरहेका छन्। करिब २० वर्षयतादेखि मानिसको अतिक्रमणका कारण यिनीहरुको वास तथा अस्तित्व जोखिममा परेको अधिकारीहरुको भनाइ छ। तर अहिले तिनीहरु धमाधम किन मरिरहेका छन् भन्नेबारे केही पत्ता लागेको छैन। ति भ्यागुताको जनसंख्या ह्वात्तै घटेको छ।

Death Frog Peru

विशेष