News

समयमा पक्की पुल सम्पन्न नगरे आन्दोलन गर्ने चेतावनी

समयमा पक्की पुल सम्पन्न नगरे आन्दोलन गर्ने चेतावनी
कात्तिक ३ । अरुण नदीको निर्माणाधिन पक्की पुल पाँच बर्ष बितिसक्दा समेत सम्पन्न नभएको भन्दै भोजपुरका नागरीकरुहले तुम्लिङ्टार सडक डिभिजन कार्यलयमा ज्ञापन पत्र बुझाए । bhojpurभोजपुर र संखुवासभाको सीमाना भएर बग्ने अरुण नदी माथिको तुम्लिङ्टार लम्छुवा दिङ्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि भोजपुरका नागरीकले एक बर्ष भित्र सम्पन्न हुनेगरी काम थाल्न आग्रह गर्दै दवाव मूलक ज्ञापन पत्र बुझाएका हुन् । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ साल मंसिरमा सिलन्यास भएको सो पुललाई जिल्लाका राजनीतिक दलका नेताहरुले सम्पन्न गराउने भन्दा पनि चुनावि भोट बैङ्कका रुपमा लिएको नागरीकको आरोप रहेको छ । दिएको समय सिमा भित्र पनि आफ्नो मागहरुलाई बेवास्था गर्दै अगाडि बढ्ने कोसिस गरे शसक्त आन्दोलन गर्ने टोलिले चेतावनी दिएको छ । बिभिन्न ७ सुत्रिय माग राख्दै संयोजक लम्सालले भने ‘पुल निर्माणका नाममा लापरवाही र कमजोरी गर्नेमाथि कारवाही हुनु पर्छ’ । राष्ट्रपतिदेखि मन्त्रीहरु भोजपुरका हुदासम्म पुलनिर्माण कार्यले गति लिन नसक्नु अत्यन्तै दुखद पक्ष भएको भन्दै लम्सालले अब नागरीक चुप लागेर नबस्ने बताए । पुल निर्माणसंगै सरकारले तय गरेको मध्यपहाडी लोकमार्ग प्रवेश गर्ने, काठमाण्डौं आउने र ढुवानी सरल पर्ने एक मात्र बाटो तुम्लिङ्टार लम्छुवा भोजपुरको भएका कारण भोजपुर र संखुवासभाका नागरीकहरुका लागी पुल अती आवश्यक भएको अर्थशास्त्री सुरेश लम्सालले भने । त्यस्तै अनुगमन समितिका संयोजक प्रकाश पौडेलले पुल अभावकै कारण हरेक महिना जसो समयमा उपचार नपाएर महिला तथा बालबालीकाले ज्यान गुमाउनु परेको गुनासो सुनाए । उनले यो आन्दोलन सुरुवाती भएको भन्दै आवश्यक परे सडक डिभिजन कार्यलयमा ताला लगाएर अगाडि बढ्न पनि पछि नपर्ने उद्घोष गरे । आफुहरु सकेसम्म आन्दोलनको अवस्थामै पुग्नु नपरोस भन्ने पक्षमा रहेको तर यदि हुदा हुदैपनि बेवास्था गरे परिणाम नराम्रो हुने समेत चेतावनी दिए । ज्ञापन पत्र बुझ्दै सडक डिभिजन कार्यलयका प्रमुख किस्न ओझाले नागरीकको दबाबले थप काम गर्न सहयोग पुग्ने बताए । उनले केहि प्राविधिक समस्याका कारण ढिला भएको भन्दै तिहार पछि लगत्तै काम सुरु हुने दावी गरे । उनका अनुसार हाल पुलको लम्बाई ८७ दशमलब २ मिटर थपेर जम्मा लम्बाई २ सय ४७ दशमलब २५ मिटर बनाउनु पर्ने भएको छ । उनले पुरानो ठेक्का पुरानै ठेकेदारले सम्पन्न गर्नु पर्ने र बाँकि ८७ दशमलब २ मिटर थप गरेको पुलको काम नयाँ टेन्डर गरेर काम सुरुहुने बताए । १४ करोड लागतमा पुल निर्माण कार्य दुई बर्ष अघिनै सम्पन्न हुनुपर्ने भएपनि राजनीतिक खिचातानीकै कारण पुलको डिजाईन परिवर्तन भयो भने लागत कष्ट बडेर २० करोड बढि पुगेको छ ।

Arun Nadi bhojpur Gypan patra Pool

विशेष