'संविधान संसोधनको मस्यौदा अन्तिम चरणमा' - प्रधानमन्त्री प्रचण्ड

कात्तिक - ३ । प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी एमाले र आन्दोलनरत मधेसी मोर्चासँग समझदारी बनाएर संविधान संशोधन गर्ने काम अघि अन्तिम चरणमा पुगेको बताएका छन् ।
व्यवस्थापिका संसद बैठकलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान संशोधन बिधेयक मस्यौदाको अन्तिम चरणमा रहेको बताएका हुन् ।
उनले बिगतमा जस्तो औपचारिक वार्ता भन्दा यसपटक अनौपचारिक वार्तामा जोड दिइएको समेत बताए ।
प्रचण्डले भने, ‘संविधान संशोधनको मस्यौदा तयारी गर्ने अन्तिम चरणमा छ । तिहार वा छठसम्म संविधान संशोधनमा सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी पक्षीबीच समझदारी बनाइनेछ । संविधान संशोधन गरेर मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको प्रचण्डले बताए ।
उनले बिगतका औपचारिक वार्ताहरुको अनुभवका आधारमा यसपटक अनौपचारिक वार्तालाई जोड दिइएको बताए । औपचारिक वार्ताहरुबाट समस्या समाधानभन्दा जटिल बन्ने गरेको अनुभवका कारण यस्तो बिधि अपनाइएको उनले बताए ।
प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुअघि प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सभामुखको चेम्बरमा छलफल गरेका थिए ।
pm pushpa kamal dahal prachanda
samsad bhaban
