News

सांसदको भत्ता बढ्यो, विदेश जाँदा 'नेता भत्ता', स्वदेश बसे साइकल

सांसदको भत्ता बढ्यो, विदेश जाँदा 'नेता भत्ता', स्वदेश बसे साइकल
कात्तिक ३ । सांसदहरुले अब पैदल हिँडेवापत पनि भत्ता पाउने भएका छन् । विदेश जाँदा पाउने उनीहरुको भत्ताको नाम अबदेखि ‘नेता भत्ता’ रहने छ । samsad-baithak-2 संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी ऐन संशोधनका लागि बनेको विधेयकले सांसदहरुलाई ‘पैदल भत्ता’ व्यवस्था गर्न लागेको छ । कानुन मन्त्रालयबाट प्रस्तावित उक्त विधेयकले सांसदहरुलाई विभिन्न १८ वटा शीर्षकमा आर्थिक सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसमध्ये १४ नम्बर सूचीमा ‘पैदल भ्रमण भत्ता’ समेत दिने उल्लेख छ । यसअनुसार अब सरकारले सांसदले उचालेको प्रत्येक पाइला गनेर त्यसको पैसा दिनेछ । सांसदहरुलाई सुविधा उपलब्ध गराउने सम्बन्धी विधेयकअनुसार हरेक सांसदले अब एक कोष हिँडेपछि २५ रुपैयाँ भत्ता पाउनेछन् । सांसदहरुलाई खुशी पार्न सरकारले उनीहरुले चालेका प्रत्येक पाइलाको पैसा तिर्न लागेको हो । उक्त विधेयक व्यवस्थापिका संसदले जस्ताको त्यस्तै पारित गरेमा सभामुख ओनसरी घर्तीको पैदल यात्राको मूल्य सबैभन्दा महंगो हुनेछ । घर्तीले एक कोष हिँड्नेवित्तिकै ३० रुपैयाँ पैदल भत्ता पाउनेछिन् । प्रमुख विपक्षी दल वा अन्य सांसदहरुले भने ५ रुपैयाँ कम अर्थात प्रतिकोष २५ रुपैयाँका दरले पैदल भत्ता पाउनेछन् । विदेश जाँदा ‘नेता भत्ता’ व्यवस्थापिका संसदमा ऐनको रुपमा प्रस्ताव भइसकेको विधेयकले अर्को अनौठो सुविधा प्रस्ताव गरेको छ । अब सरकारले नै सांसदहरुलाई ‘नेता भत्ता’ दिने प्रस्ताव गरेको हो । विधेयकको व्याख्यात्मक टिप्पणीको १० नम्बरमा लेखिएको छ, ‘पदाधिकारी वा सदस्यले प्रतिनिधिमण्डलको नेताका रुपमा विदेश जाँदा थप भूमिका समेत निर्वाह गर्नुपर्ने हुनसक्ने भएकाले प्रस्तुत व्यवस्था गरिएको ।’ एक रुपैयाँको सिटामोल किनेर खान नसक्दा ज्यान गुमाइरहेका जनताको मतबाट विजयी भएका सांसदहरुले अब पैदल हिँडे वापत पनि पैसा पाउने भएका हुन् । यस्तै क्रममा उनीहरुले शीर्षकले भ्याएसम्म भत्ताको नाम बनाउने क्रममा ‘नेता भत्ता’ समेत लिने भएका हुन् । तथापि विधेयकमा सांसदहरुको प्रतिबोलीको मूल्य कति हुने भन्ने चाहिँ तोकिएको छैन, बाँकी उनीहरुको गर्ने हरेक गतिविधिवापत पैसा पाउने गरी सांसदहरुको सुविधा प्रस्ताव आएको छ । साइकल चढ्लान् त पदाधिकारीले ? अब सरकारले सभामुख, उपसभामुखलगायत संसदका पदाधिकारीहरुलाई सुविधावापत साइकलसमेत दिने भएको छ । विधेयकका अनुसार अब सभामुखले २ वटा साइकल पाउनेछन् । कति मूल्य बराबरको साइकल भन्ने खुलाइएको छैन । तर, उनीहरुले कुनबेला त्यो साइकल चढ्लान् ? किनकि दैनिक कार्यालयमा जान सभामुख त साइकलमा चढ्लान् उनको सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरु कहाँ बस्ने ? यसबारे सुविधा विधेयकमा केही खुलाइएको छैन । अगाडि र पछाडि सुरक्षाकर्मीको गाडी राखेर हिँड्ने विपक्षी दलका नेताका नाममा पनि २ वटा साइकल दिने प्रस्ताव विधेयकमा छ । योसँगै उनीहरुले गाडी सुविधा पनि पाउनेछन् । सभामुख र प्रमुख विपक्षी दलका नेताको सुरक्षामा सरकारले १०र१० जना नेपाली सेना खटाएको छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु पनि खटाएको हुन्छ । त्यस्ता पदाधिकारीको सुविधाका नाममा जम्मा २र२ वटा साइकल दिने प्रस्ताव गरेको हो । यस्तै विपक्षी दलका नेता, सत्तापक्षका नेता, सत्ता पक्षको मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक र समितिका सभापतिहरुले पनि १र१ वटा साइकल सुविधा पाउने भएका छन् ।

badyo BICC Samsad Bhatta

विशेष