सालकको खपटा सहित एक पक्राउ

कात्तिक - ३ । एक किलो ७०० ग्राम सालकको खपटा सहित काभ्रेपलाञ्चोकको पनौतीवाट प्रहरीले एक जनालाई फक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक च्यासिङखर्क– ३ का २८ वर्षीय सोनामसिंह वाइवा रहेको इलाका वन कार्यालय, जनगालले जनाएको छ । बेच्नका लागि ल्याएको उक्त परिमाणको सालकको खपटासहित आइतवार केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले उनलाई पनौतीवाट पक्राउ गरिएको हो । इलाका वन कार्यालय, जनगालका रेञ्जर शङ्कर झाका अनुसार च्यासिङखर्क– ९ मदनवासबाट सो सालकको खपटा ल्याएको अनुसन्धानवाट खुलेको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा स्तनधारी दुर्लभ सालकको खपटा र छालाको मूल्य प्रतिकिलोग्राम रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म रहेको जनाएको छ । पक्राउ परेका वाइवामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाइने रेञ्जर झाले बताउनुभयो । रासस
Pakrau
salak
