ताजा खबर News

११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन

११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन
कात्तिक ३ । महाअभियोग लगाउन व्यवस्थापिका संसद्ले महाअभियोग सिफारिस समिति गठन गरेको छ । बुधाबार बसेको बैठकमा सभामुख ओनसारी घर्तीले महाअभियोग समिति गठनको घोषण गरेकी हुन् । समितिले राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाअभियोगको सिफारिस गर्न सक्ने छ । महाअभियोग समितिमा कांग्रेस– एमालेबाट चार÷ चार जना, माओवादी केन्द्रबाट दुई जना र एक जना राप्रपा नेपालका सांसद सदस्य रहेका छन्। समितिमा नेपाली कांग्रेसबाट फर्मुला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की, दिपक कुइँकेल र कुमारी लक्ष्मी राई एमालेबाट रेवतीरमण भण्डारी, सुशीला कार्की, केशव वडाल र पार्वत गुरुङ, माओवादी केन्द्रबाट अमलाल मोदी र रामनारायण विडाँडी तथा राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य रहने छन् ।

BICC महाअभियोग सिफारिस समिति गठन

विशेष