अनमोल स्वीट हाउसमा शीलबन्दी

कात्तिक - ३ । नक्साल भाटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ ।
अनुगमन टोलीले स्वीट हाउसको भान्छामा उत्पादन भइरहेको खाद्यवस्तुमा झिँगा, साङ्ला र भुसनासमेत घुमिरहेको फेला पारेपछि शीलबन्दी गरेको हो ।
बिभागको टोलीले भटभटेनीस्थित अनमोल स्वीट्सको बिक्रीकक्षमा सजाएर राखिएको लालमोहन, रसवरी र दहीमलाईसमेत अखाद्य भेटिएपछि नष्ट गरेको छ ।
बिक्रीकक्षमा राखिएको १४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई नष्ट गरिएको हो ।
Anmol Sweat House
Silbandi
