विदेश

सलमान खानको मुद्दा फेरि बल्झियाे

सलमान खानको मुद्दा फेरि बल्झियाे
कात्तिक ३ ।  हरिण शिकारको अभियोगमा सफाई पाएका सलमान खानको सोही मुद्दा फेरि बल्झिने भएको छ । कालो हरिण शिकारको सम्बन्धमा हाइकोर्टको फैशला बिरुद्ध राजस्थान सरकारले सुप्रिम कोटमा स्पेशन अपिल गर्ने भएको छ । यदि सुप्रिम कोटले सलमानले हरिणको शिकार गरेको ठहर र्गयो भने सलमानलाई जेल सजाय समेत हुन सक्छ । salman-khan759 दिवालीपछि सुप्रीम कोटले कालो हरिण शिकारको विषयमा सुनुवाई सुरु गर्ने भएको छ । तल्लो अदालतले सलमानलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो भने हाइकोर्टले सलमानलाई सफाई दिएको थियो । अहिले राजस्थान सरकार हाइकोर्टको फैशला चित्त नबुझेको भन्दै सुप्रिम कोर्ट गएको छ । यस भन्दा पहिले सन् १९९८ मा कालो हरिण सिकार घटनाका अहम साक्षी हरिश दुलानीको बयान पछि राजस्थानी सरकारले सलमानलाई रिहाई गर्ने आदेश विरुद्ध आवेदन दिएको थियो । जसमा सरकारले राजस्थान हाईकोर्टको फैसला माथि चुनौती दिएको थियो । चलचित्र ‘हम साथ साथ है’ को सुटिङको क्रममा सन १९९८ मा जोधपुरमा सलमानले कालो हरिणको शिकार गरेको आरोप लागेको छ ।

salman khan Suprim Cort

विशेष