News

पुरातात्विक मुर्ती चोरी गर्ने समूह कारागार चलान

पुरातात्विक मुर्ती चोरी गर्ने समूह कारागार चलान
कात्तिक - ३ ।  ललितपुरकाे नौदोवहालमा रहेको बुद्ध मन्दिरको मुर्ति चाेरी गर्नेलाई जेल चलान गरिएकाे छ  ।  वाहिरीपट्टीको कच्ची गारोमा प्वाल पारी ढोकाहरुमा लगाएको ताल्चाहरु काटेर गत साउन १० गते करीब ४ सय वर्ष पुरानो सुनको जलप लगाएको बहुमुल्य प्राचिन मुर्तिहरु चोरी गर्ने ४ जना पुर्पक्षको लागि कारागार चलान भएका हुन् । jail कारागार चलान हुनेहरुमा काभ्रेपलाञ्चोक भिमखोरी ३ घर भई वनेपा बस्ने ३६ बर्षीय गणेश लाल श्रेष्ठ , रामेछाप गाउँसरा ४ घर भई हाल ललिपुरर ईमाडोल वस्ने ५३ बर्षीय मानबहादुर मगर , दोलखा लाकुरीडाँडा–४ घर भई काभ्रे वनेपा बस्ने ४६ बर्षीय वासुदेव के.सी.भन्ने मिन बहादुर खत्री र खोकना–४ घर भई ललितपुर गाबहाल बस्ने ६२ बर्षीय तिर्थ डंगोल रहेका छन् । श्रेष्ठ र मगर पुर्पक्षका लागि तथा खत्री र डंगोल ५ लाख धरौटी राख्न नसकी थुनामा कारागार कार्यालय नख्खुमा थुनामा गएका हुन् । मुर्तिका गरगहनाहरु समेत योजनावद्ध तरिकाले संगठित रुपमा पुरातात्विक प्रकृतिका मुर्तीहरु चोरी गर्न सुराकी दिने, चोरी गर्ने, ओसार पसार एवं विक्री वितरण गर्नेलाई प्रहरीले पक्राउ गरी संगठित अपराध र पुरातात्विक मुर्ति चोरीमा अनुसन्धान पश्चात अदालतमा पेश गर्दा जिल्ला अदालत ललितपुरको मंगलबारको आदेशानुसार उनीहरु कारागार चलान भएका हुन् ।

Chor jail chalan lalitpur murti Police

विशेष