News

आईएमई र ग्लोबल आईएमई बैंकद्वारा छात्रवृति आह्वान

आईएमई र ग्लोबल आईएमई बैंकद्वारा छात्रवृति आह्वान
कात्तिक ३ । आईएमई र ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” आवेदन आह्वान गरेको छ । सो छात्रवृत्ति सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा अध्ययनरत कक्षा १ देखि ११ कक्षासम्मका विधार्थीले प्राप्त गर्न सक्ने छन् । छात्रवृत्ति अवधि एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि हुने कम्पनिले जनाएको छ । imeवुधबार आईएमई र ग्लोबल आईएमई बैंकले संयुक्त जारी गरेको विज्ञाप्तीमा आईएमई एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल १० लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि १ सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ । छात्रवृत्तिका लागि ईच्छुक विधार्थीले संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्यापकको सिफारिस सहित कार्तिक ३ देखि कार्तिक ३० सम्ममा आवेदन दिनुपर्ने छ । फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबल आईएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरु मार्फत् वा हाम्रो ईमेल ठेगाना aakanshya@imeremit=com=np मा पठाउन सकिने कम्पनीले जनाएको छ । निर्धाति समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन माथि सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गर्नेछ साथै समितिको निर्णय नै अन्तिम निर्णय हुने कम्पनीले जारि गरेको विज्ञाप्तीमा जनाएको छ । छात्रवृत्ति योजना शैक्षिक सत्र २०७२ देखि संचालनमा आएको हो ।

Akanshya chhatrabriti IME

विशेष