बागलुङमा जिप दुर्घटना, १ को मृत्यु

कात्तिक–३ । बागलुङमा सवारी दुर्घटना हुँदा एकको घटनास्थलमै ज्यान गएको छ ।
बागलुङका गलकोटमा हटिया बजारबाट मल्म जाँदै गरेको ग १ च १४७३ नम्बरको पिकअप जिप सडकबाट झण्डै २ सय मिटर तर खस्दा घटनास्थलमै मल्म–८ का ६८ वर्षीय कर्णबहादुर खड्काको ज्यान गएको हो ।
दुर्घटनामा चालक रेशका मुमार परियार घाइते भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । घाइते परियारको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको र टाउकोमा चोट लागेको कारण पोखरा रिफर गर्ने तयारी भइरहेको छ ।
गाडीमै रहेका सहचालक हाम फालेर ज्यान जोगाउने क्रममा सामान्य घाइते भएका छन् ।
Accident
Baglung
jeep
