News

४५ मिनेटमा १५५१ शब्द बोलेका प्रधानमन्त्रीले अधिकांश समय स्पष्टिकरणमै खर्चे

४५ मिनेटमा १५५१ शब्द बोलेका प्रधानमन्त्रीले अधिकांश समय स्पष्टिकरणमै खर्चे
कात्तिक - ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ब्यवस्थापिका संसद्मा सम्बोधन गरेका छन् । भारतको गोवामा चीनका राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटबारे प्रचण्डले संसद्लाई जानकारी गराएका हुन् । prachanda सम्बोधनमा प्रधानमन्त्रीले अधिकांश समय स्पष्टिकरणमा खर्चेका छन् । आजको समबोधनमा उनी ४९ मिनेटमा १५५१ शब्द बोले । सबैजसो मैले यस्तो गरेका होइन, उस्तो गरेको होइन भन्ने छ । '’ब्रिक्स बिमस्टेक आउटरिच शिखर सम्मेलन’ मा मेरो सहभागिताका सम्वन्धमा यस गरिमामय व्यवस्थापिका संसदलाई जानकारी गराउन म यहाँ उपस्थित भएको छु'  भन्दै प्रधानमन्त्रीले आफ्नो मन्तब्य सुरु गरेका थिए । उनले भारतको राजकीय भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यका केही बुँदाहरुलाई स्पष्ट पार्न धेरै समय खर्चिए । 'भ्रमणमा हाम्रो प्राथमिकता नेपाल र भारतका बीच विश्वासको वातावरणको निर्माणको साथै चालु परियोजनाहरुको कार्यान्वयन तर्फ केन्द्रित रहेको थियो ।' उनले थपे, ‘सो कुरा संयुक्त वक्तव्यमा समेत प्रतिविम्वित भएको छ ।’ उनले नेपाल र भारतले सयुक्त रुपमा निकालेको विज्ञप्तीको बुदा नं. १०, ११, १२, १३, २० र २२ लाई प्रस्ट्याउने प्रयास गरेका थिए । सयुक्त विज्ञप्तीको स्पष्टिकरण प्रश्चात उनी ’ब्रिक्स बिमस्टेक आउटरिच शिखर सम्मेलन’ को विषयमा प्रवेश गरे । साथै उनले भारतका प्रधानमन्त्री, चीनका राष्ट्रपति, श्रीलंकाका राष्ट्रपति भुटानका प्रधानमन्त्र र अफ्रिकाका राष्ट्रपतिसँगको द्विपक्षीय भेटघाटका बारेमा पनि जानकारी दिए । प्रधानमन्त्री भए लगत्तै छिमेकी मुलुक भारत र चीनमा दूत पठाएर आलोचीत बनेका उनले भारत र चीनमा विशेष दूत पठाई सम्वन्ध सुदृढ गर्ने तर्फ महत्वपूर्ण प्रयास गरेको भनी सम्वन्धित मुलुकबाट प्रशंसा भएकोमा हाम्रो तर्फबाट यसको मर्मलाई किन आत्मसात् गर्न नसकिएको हो र जुन रुपमा यो विषयलाई अनावश्यक रुपमा उचालिएको छ भन्दै कटाक्ष गरेका थिए । प्रचण्डले आज ब्यवस्थापिका संसद्मा गरेको सम्बोधन उपलब्धी भन्दा पनि आफ्नो बचाउ गर्न खाेजेकाे देखियाे । मंगलबार संसद् बैठकमा एमाले र नेमकिपाका सांसदहरूले नेपाल, भारत र चीनबीच भएको त्रिदेशीय समझदारीबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेपछि प्रचण्डले प्रस्टीकरण दिएका हुन् ।

BICC PM Prachanda samsad bhaban

विशेष