विदेश

बालबालिकामाथि यौन शोषण गर्नेलाई नपुंसक बनाइने

बालबालिकामाथि यौन शोषण गर्नेलाई नपुंसक बनाइने
कात्तिक–३ । इन्डोनेसियामा बालबालिकामाथि हुने यौन शोषण नियन्त्रण गर्न नयाँ नीति ल्याइएको छ । बालबालिकामाथि यौन शोषण गर्नेलाई अब नपुंसक बनाइने भएको छ । राष्ट्रपति जोको बिडोडोले बीबीसीसँग कुरा गर्दै नयाँ नीति ल्याइएको पुष्टि गरेका हुन् । इण्डोनेशियाको संसदले यो महिनाको सुरुमा विवादित कानुन पारित गरेपछि यो नियम लागू भएको हो । दोषीको शरीरमा यौन सम्बन्ध कायम गर्न नसक्ने खालको हर्माेन हालिदिने बताइएको छ । राष्ट्रपति विडोडोले भने, ‘हाम्रो संविधान मानवअधिकारको सम्मान गर्छ, तर हामी यौन हिंसा रोक्ने मुद्दामा कुनै सम्झौता गर्न सक्दैनौ । त्यसैले हामीले अधिकतम सजायको व्यवस्था गरेका हौं । कानुनको पूर्ण पालना गर्न सके देशमा यौनजन्य हिंसा नियन्त्रण हुने छ ।’

child abuse

विशेष