News

इजरायलसँग थप १५ सय कामदारको कोटा माप्ने तयारी गर्दै श्रम विभाग

इजरायलसँग थप १५ सय कामदारको कोटा माप्ने तयारी गर्दै श्रम विभाग
कात्तिक - ३ ।  नेपालले इजरायलसँग थप १५ सय नेपाली कामदार पठाउनका लागि कोटा माग गर्ने भएको छ । इजरायलले ‘केयर गिभर’ सहित कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताब राखेपछि बिभागले थप कोटा माग्न लागेको हो । आर्थिक र कामदारको सुरक्षा हिसाबले इजरायल आकर्षक गन्तब्य हो । इजरायल र नेपालबीच कामदार पठाउने बिषयमा सम्झौता भएपछि हाल ‘केयर गिभर’मा परिक्षणको रुपमा कामदार पठाउन थालिसकेको छ । सरकारी सम्झौता अनुसार ५९ जना महिला केयर गिभर गइसकेका छन् । इजरायल स्थित नेपाली दूतावासका अनुसार त्यहाँ पुगेका सबै नेपालीले काम समेत पाइसकेका छन् । कतिपयलाई काममा समस्या भएर कामको स्थानान्तरण समेत भएको जानकारी रहेको उल्लेख गरेको छ । नीजि क्षेत्रबाट कामदार पठाउँदा म्यानपावरले अधिक रुपमा शोषण हुन थालेपछि ९ बर्ष नेपाली कामदार जान रोकिएको थियो । सरकारी तहबाटै पठाउने दुई पक्षबीच (सरकार—सरकार) सहमति भएपछि इजरायलले नेपाली कामदारको सख्या बढाउन थालेको हो ।

work in Israel

विशेष