ताजा खबर News

अख्तियार प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किए

अख्तियार प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किए
कात्तिक - ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किएका छन् । चार दिनको कार्यक्रमका लागि १० दिनको बिदा लिएर घटस्थापना अघि क्यानडा गएका कार्की हिजाेसम्म देश बाहिर थिए । lokman विमानस्थलमा सञ्चारकर्मी देखेपछि अख्तियार प्रमुख कार्कीले तपाईहरु आउनु भो, धन्यवाद भनेर बाहिरिएका छन् । हिजाे मात्र युएईको प्रसिद्ध व्यापारिक सेन्टर मानिने दुबई मलमा उनी घुमफिरमा रहेको अबस्थामा भेटिएको दुबई मलमा कार्यरत नेपालीहरुले बताएका थिए । पटक पटक गरेर कार्कीले कात्तिक १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा उनको स्वीकृत समेत गरिसकेको छ । सर्वोच्च अदालतले योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन गर्ने फैसला गरेपछि उनी क्यानडा गएका थिए । अदालतलाई म्याद तामेली छल्न उनी विदा थप्दै बसेका थिए । दसैंअघि नै म्याद तामेल गर्न खोजे पनि पटक–पटकको अवरोध खेपेको सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउँसो कार्कीको घरमा म्याद तामेल गरेको छ । अख्तियार प्रमुखमा उनको नियुक्ति अवैधानिक रहेको भन्दै मुद्दा सर्वोच्चमा मुद्दा परेकामा उनले पत्र बुझ्न आनाकानी गर्दै आएकोमा आज लामो कसरतपछि सर्बोच्चले म्याद तामेली गरेको हो । अब भने मुद्दा पेशीमा चढ्ने छ ।  

loman sing karki

विशेष