खेल ताजा खबर News

मेस्सिको हृयाट्रिकमा बार्सिलोनाको शानदार जीत

मेस्सिको हृयाट्रिकमा बार्सिलोनाको शानदार जीत

messi

कात्तिक ४ । लिओनल मेस्सीको हृयाट्रिकको मदतमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीमथि शानदार जित हात पारेको छ ।

सिटीको प्रशिक्षक बनेपछि बार्सिलोनाका पूर्व प्रशिक्षक ग्वार्डिओला पहिलो पटक नाउ क्याम्प पुगेका थिए । तर, ४–० लज्जास्पद हार व्यहारेको छ ।पहिलो हाफमा सिटी प्रतिस्पर्धी नै देखिएको थियो । तर, मेस्सी चोटमुक्त भएर फर्किएपछि आक्रामक बनेको बार्सिलोनाविरुद्ध उसले थुप्रै गल्ती गर्यो ।

च्याम्पियन्स लिगमा सिटीले चार गोल खाएको यो पहिलो पटक हो । साथै बार्सिलोनाले आफ्नो विजयी यात्रा कायम राख्दै सिटीसँग ५ अंकको दुरी बनाएको छ ।

Barca Messi Messi Hyatik

विशेष