अपराध सुरक्षा News

लोकमानको नाम लिएर ठग्ने पक्राउ

लोकमानको नाम लिएर ठग्ने पक्राउ

lokman कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि सुराकीको काम गर्दै आएका एकजना सर्वसाधारणबाट करौडौं ठगेको आरोपमा पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी आरोपमा फरार रहेका वीरगञ्ज–१३ का मुञ्चुनप्रसाद बर्मालाई मंगलबार पक्रेको हो ।

प्रहरीका अनुसार बर्माले प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयोगसँगको निकटता देखाउदै वीरगञ्ज, काठमाडौं र ललितपुरका सर्वसाधारणबाट करौडौं रकम उठाएका हुन । बर्माले सुरुवातमा संचालक रहेको जावलाखेल पेट्रोल पम्प सहित अन्य ब्यवसाय देखाउदै ब्यवसायी र सर्वसाधारणसँग निकटता बढाउने गरेका थिए । बर्मालाई विश्वास गरेर रकम दिने र उनैले खाली चेकमा नाम भरेर रकम निकालेको जाहेरी परिसरमा परेको हो । परिसरका अनुसार वीरगञ्जमा आठकरोड, ललितपुरमा दुई करोड र काठमाडौंमा तीन करोड बर्माले ठगी गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

‘मान्छेलाई विभिन्न प्रभाव देखाएर विश्वासमा लिने र ठगीगर्ने गरेको देखियो, थप अनुसन्धानका लागि म्याद लिएका छौ,’ परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले भने । उनका अनुसार बर्मा लागुऔषध र नक्कली भारतीय नोटको कारोबारमा समेत पक्राउ परि सजाय भुक्तान गरेका अभियुक्त हुन ।

परिसरले बर्मा पुनः नक्कली भारतीय नोट र लागुऔषधको कारोबारमा संलग्न रहेको आशंकामा समेत अनुसन्धान सुरु गरेको छ । ‘बर्माको पुरानो र नयाँ दुबै सम्पर्क ब्यक्ती र सम्बन्ध केलाउदै छौ, ठगी बाहेक अन्य अपराधमा संलग्न भएको आशंका समेत छ,’ नागरिक

lokman Lokman Karki

विशेष