ताजा खबर राजनीति News

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो २ बजेको बैठक ११ बजे बोलाइयो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो २ बजेको बैठक ११ बजे बोलाइयो

congress-meeting कात्तिक ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

संविधान संशोधन र स्थानीय तह निर्धारणको विषयमा मतमतान्तर बढिरहेका बेला कांग्रेस बैठक बस्न लागेको हो ।संविधान संशोधनका विषय लगाएत पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ । लोकमान सिंह कार्कीमाथिको महाअभियोगको प्रस्तावको बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

Congress Baithak

विशेष