रोजगार News

नेपालमा ४० हजार विदेशी कामदार अवैधानिक

नेपालमा ४० हजार विदेशी कामदार अवैधानिक

A Chinese construction worker (R) superv कात्तिक ४ । नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरे पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा कारबाही हुन सकेको छैन ।

नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो । त्यसवेला सरकारले विदेशमा हुने अवैधानिक आप्रवासी कामदारलाई दिने आममाफी जस्तै पहिलोपल्ट नेपालमा रहेका अवैध कामदारलाई विशेष अवसर प्रदान गरेको छ ।

तर, त्यसको तीन वर्ष पुग्दा पनि श्रम विभाग र अध्यागमन विभागले अनुगमन नगर्दा ४० हजार विदेशी कामदारले नेपालमा श्रम स्वीकृतिविना काम गरिरहेका छन् । नयाँ पत्रिका

Foreign Worker

विशेष