ताजा खबर विदेश News

अन्तिम बहसमा ट्रम्प र हिलारी, नजिता स्वीकार नगर्ने ट्रम्पको संकेत

अन्तिम बहसमा ट्रम्प र हिलारी, नजिता स्वीकार नगर्ने ट्रम्पको संकेत

Trump Hilary

कात्तिक ४ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्ने वा नगर्ने समयमा भर पर्ने बताएका छन् । बिहीबार बिहान भएको राष्ट्रपति चुनावको अन्तिम टेलिभिजन बहसको क्रममा रिपब्लिकन उम्मेदवार ट्रम्पले चुनावको नतिजा स्वीकार गर्ने प्रतिवद्धता जनाउन अस्वीकार गरेका हुन् । ट्रम्पले यसअघि चुनावमा धाँधली हुन सक्ने आशंका गरेका थिए । बहसको क्रममा चुनावको नतिजा स्वीकार गर्नुहुन्छ भनि सोधिएको प्रश्नमा ट्रम्पले स्वीकार गर्छु नभनेर ‘म यसलाई त्यही समयमा हेर्ने छु’ भन्ने जवाफ दिएका हुन् ।

अन्तिम बहसको क्रममा रुस, आप्रवाशन, अर्थतन्त्र, महिला अधिकार, बन्दुक नियन्त्रणसहितका मुद्दामा दुवै उम्मेदवारले आआफ्नो विचार राखेका छन् । लस भेगासमा भएको बहसमा डेमोक्याटिक उम्मेदवार हिलारी क्लिन्टनले महिला तथा अरु पछि परेका समुदायलाई माथि ल्याउने विषयलाई जोड दिइन । ट्रम्पले बन्दुक नियन्त्रणको विषयलाई जोड दिए । बहसको क्रममा क्लिन्टनले रुससँग ट्रम्पको साँठगाँठ रहेको आरोप लगाइन ।

यस्तै ट्रम्पले आफ्नो एक र्यालीमा भएको हिंसामा क्लिन्टन र राष्ट्रपति बाराक ओबामा जिम्मेवार रहेको आरोप लगाए । ट्रम्पले महिलामाथि यौन हिंसा गरेको भन्दै आफूमाथि लागेका सबै आरोप निराधार रहेको दाबी समेत गरे ।

अमेरिकमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो नोभेम्बर ८ मा चुनाव हुँदैछ । पछिल्ला मत सर्वेक्षणमा राष्ट्रव्यापी रुपमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा स्पष्ट रुपले अघि रहेको देखिएको छ ।

Hilary Trump

विशेष