अर्थ ताजा खबर News

नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा राजधानीमा सुरु

नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा राजधानीमा सुरु

fncci

कात्तिक ४ । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा राजधानीमा आज शुरु भएको छ । संघीय ढाँचामा जाने तयारी गरेको महासंघले विशेष साधारणसभा मार्फत विधान संशोधन गर्न लागेको हो । राजधानीको भद्रकालिस्थित आर्मी अफिर्सस क्लबमा विशेष साधारणा सभा शुरु भएको हो । विशेष साधारणसभामा आजै बन्दसत्र हुने र विधान संशोधन प्रस्तावमा छलफल हुने छ ।

विशेष साधारणसभाविरुद्ध महासंघकै पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यसमिति सदस्य गोविन्द घिमिरले दायर गरेको रिट पाटन उच्च अदालतले खारेज गरेपछि तोकिएकै मितिमा साधरणसभा हुन लागेको हो ।

संघीय संरचनामा जाने तयारी गरेको महासंघले ७ वटै प्रदेशबाट २–२ जना केन्द्रीय समितिमा आउने सक्ने प्रस्ताव संशोधित विद्यानमा उल्लेख छ । संशोधित विद्यानमा सिमान्तकृत समुदायका व्यवसायीहरु महासंघको छातामा सक्ने प्रावधान समावेश हुन नसकेको भन्दै आलोचना भएको छ । ९ वर्षपछि पहिलोपटक संशोधन हुन लागेको विद्यानमा वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुन पाउने प्रस्ताव गरिएको छ ।

FNCCI

विशेष