ताजा खबर विदेश News

हुलाकीलाई दाल बेच्ने काममा लगायो भारत सरकारले

हुलाकीलाई दाल बेच्ने काममा लगायो भारत सरकारले

post-office

कात्तिक ४ ।  भारत सरकारले अब हुलाकमार्फत दाल बेच्ने भएको छ । भारतका विभिन्न राज्यहरुमा सरकारी पसलहरुको अभावका कारण जनताले सुलभ मूल्यमा दाल नपाएकाले सरकारले अब देशभरका हुलाक कार्यालय मार्फत सुपथ मूल्यको दाल बेच्ने भएको हो ।

चाडपर्वको मौसमलाई लक्षित गर्दै भारत सरकारले हुलाकमार्फत् रहर, मास तथा चनाको दाल बेच्ने भएको हो । चाडपर्वमा दालको अभाव हुन नदिनका लागि देशमा रहेका सरकारी हुलाकको वृहत संजालको प्रयोग गर्ने लक्ष्य सरकारको रहेको छ ।

भारतमा हाल देशभर गरी १ लाख ५४ हजार हुलाक कार्यालय छन् । जसमध्ये १ लाख ३९ हजार ग्रामीण क्षेत्रमा रहेका छन् ।

Indian Government

विशेष