News

अख्तियार प्रमुख आयुक्तमा दीप बस्न्यात

अख्तियार प्रमुख आयुक्तमा दीप बस्न्यात
कात्तिक ४ । लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव गर्दा भएर उनी निलम्बित भएसँगै आयुक्त दीप बस्न्यातले बिहीबारदेखि कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका छन् । dep-basnet   अख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार प्रमुख आयुक्त निलम्बित भएसँगै आयुक्त बस्न्यातले प्रमुख कार्यवाहक आयुक्तको काम थालेका हुन् । प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था छ, संवैधानिक आयोग संविधानअनुसार नै चल्ने प्रावधान रहेको छ । आयुक्त दीप बस्न्यातले आजैबाट काम थालेको प्रवक्ता कार्कीले बताए । को हुन् दीप बस्न्यात ? दीप बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन् । निजामति सेवामा रहँदा अतिरिक्त कमाइ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा बसेका बस्न्यात आफ्नो सेवाकै अवधिमा अख्तियारको छानविनमा परेका थिए ।

Akhtiyar durupayog anusandhan aayog Deep Basnyat

विशेष