News

महाअभियोग प्रस्तावबारे कांग्रेस-माअाेवादी छलफलमा

महाअभियोग प्रस्तावबारे कांग्रेस-माअाेवादी छलफलमा
कात्तिक ४ ।  नेकपा माओवादी केन्द्रले लोकमान सिंह कार्की्विरुद्धको महाअभियोग प्रस्तावबारे प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको छ । maoist-center-hq-meeting कांग्रेससँग छलफल नै नगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर माओवादीले महाअभियोग प्रस्ताव दर्ता गराएको थियो । कांग्रेससँग प्रयाप्त छलफल नगरेको आरोप लागिरहेका बेला विहीबार बिहान बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले कांग्रेसँग छलफल गर्ने निर्णय गरेको हो । महाअभियोग प्रस्ताव संसदबाट पारित गराउन कांग्रेससँग छलफल गर्ने निर्णय भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । एमाले र माओवादीका १५७ सांसदहरुले बुधबार अख्तियार प्रमुख कार्की्विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्ता भएसँगै लोकमान स्वतः पदबाट निलम्बित भएका छन् । हेडक्वाटर बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले महाअभियोग प्रस्तावबारे दलहरुसँग प्रयाप्त छलफल गर्न नभ्याएको धारणा राखेको एक नेताले जानकारी दिए ।

nekapa maobadi Nepali Congress

विशेष