News

डुङ्गा दुर्घटनामा मृत्यु भएका परिवारलाई जिविसकाे १० हजार

डुङ्गा दुर्घटनामा मृत्यु भएका परिवारलाई जिविसकाे १० हजार
कात्तिक ४ ।  दानाबारी र महमाईबीचको माईखोलास्थित चण्डालघाटमा भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका परिवारलाई जिल्ला विकास समिति इलामले राहत उपलब्ध गराउने भएको छ। ilam जिविसमा बसेको सर्वदलीय बैठकले प्रतिमृतक १० हजार रूपैयाँका दरले परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले विजयादशमीका दिन महमाई–३ मा रूखले किचेर मृत्यु हुने दुई जनाका परिवारलाई पनि रु १० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको निमित्त स्थानीय विकास अधिकारी छविलाल खतिवडाले बताए। डुङ्गा दुर्घटना भएको एक हप्ता बित्नै लाग्दासम्म पनि मृतक एक जनाको सनाखत हुन सकेको छैन। आठ जनाको शवमध्ये सातको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यसैगरी, डुङ्गामा सवार एक जना व्यक्ति अझै बेपत्ता छन्। ताप्लेजुङ घर भई हाल बिर्तामोड बस्दै आएका निर्मल भट्टराई फेला नपरेको महमाईका गाविससचिव चन्द्र पौडेलले बताए। उनी महमाईस्थित ससुराल जाने क्रममा दुर्घटनामा परेको हुन सक्ने परिवारले जनाएको छ। यसअघि जिल्ला दैवी प्रकोप उद्वार समितिले पनि प्रतिमृतक रु एक लाखका दरले तिनका परिवारलाई राहत र किरियाखर्च दिने निर्णय गरिसकेको छ ।

Dunga Accident ilam

विशेष