News

स्क्रब टाइफसबाट ५ को मृत्यु

स्क्रब टाइफसबाट ५ को मृत्यु
कात्तिक ४ ।  स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ। scrup-taifus सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दिपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी सार्कीको ज्यान गएको सेती अञ्चल अस्पतालले जनाएको छ। इपियोडोमोजी तथा रोग नियन्त्रण महाशाखाले स्क्रब टाइफस परीक्षणका लागि पठाएको १५० टेस्ट कीटबाट रगत परीक्षण गर्दा ९१ जनामा सो रोग भेटिएको सेती अञ्चल अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए। डाक्टर कमरले रोग नियन्त्रण महाशाखाले दुई पटक गरी १५० थान टेस्ट कीट पठाए पनि त्यसपछि पटकपटक माग गर्दा नपठाएकाले बिरामी पत्ता लगाउन समस्या भएको बताएका छन्। मुसा, छुचुन्द्रो प्रजातिको पशुको शरीरमा हुने जुम्राले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गरेको चिकित्सकको भनाइ छ।

Death Dhangadi Srcub Taifes

विशेष