उत्तर कोरियाको मिसाइल परीक्षण फेरी असफल

कात्तिक ४ । उत्तर कोरियाको मध्यम दूरी प्रहार गर्ने अर्को मिसाइल परीक्षण पनि असफल भएको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
एक हप्ताअघि पनि यस्तै प्रकारको मुसुदान मिसाइल परीक्षण असफल भएको बताइएको थियो, जसले चार हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने बताइएको थियो ।
उक्त मिसाइलले अमेरिकी गौममा रहेको सैनिक आधार क्षेत्रसम्म प्रहार गर्न सक्ने बताइएको थियो । बीबीसीका अनुसार उत्तर कोरियाले यो वर्ष गरेका आठ यस्ता परीक्षणमध्ये एउटामात्र सफल भएको छ ।
तर, विज्ञहरुले अर्को वर्षसम्ममा यो मिसाइल परिचालित हुनसक्ने बताएका छन् । अमेरिकाले यो कदमलाई आलोचना गर्दै यसलाई उत्तेजना भनेको छ ।
missial
north Korea
test
