तरकारी बेच्न बसेकी दुई महिलामाथि कुटपिट
कात्तिक ४ । लगनखेलमा तरकारी बेच्न बसेकी दुई महिलामाथि ललितपुर उपमहानगरपालिका अन्तर्गतको नगर प्रहरीले बिहीबार बिहान हातपात गरेको छ । नगर प्रहरीका सई सुर्वण अवालेले तरकारी बेच्न कसेका महिलालाई हातपात गरेको हुन् ।
सडक पेटीमा तरकारी बेचेको भन्दै काभ्रे घर भएकी मञ्जु तिवारी र मैया पाण्डेलाई प्रहरीले मुक्का हानेको पीडित मञ्जु तिवारीले बताइन् । प्रहरीको कुटाइबाट दुवै महिलाको ढाड र काँधमा गम्भीर चोट लागेको छ भने मैयाको ढाडमा निलडाम बसेको छ । सडक पेटीमा लगनखेल सडकमा आलु बेच्च बसेका महिलालाई सोध्दै नसोधी प्रहरीले हातपात गरेको थियो ।
‘सडकमा बेच्न राखेको तरकारी उठाउँदै थियौं अकस्मात नगर प्रहरी आएर हात हाल्यो, अपरेशन गरेको जिउमा नहान्नुस भन्दाभन्दै प्रहरीले जर्बजस्ती कुट्यो’, पीडित मैया पाण्डेले भनिन् । नगर प्रहरीले कुटपिट गरेपछि पीडितका आफन्तले महानगरीय प्रहरी प्रभाग लगनखेललाई जानकारी गराएका थिए। कुटपिट गर्ने सई अवालेलाई सोधपुछकालागि अहिले जावलाखेल प्रहरी परीसरका लगखेल प्रहरी प्रभागले जनाएको छ ।
तरकारी बेच्न बसेको समयमा प्रहरी आएर निर्धात कुटपिट गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन् । घटनाको सत्यतथ्य छानबिन गरी यसरी महिलामाथि हात हाल्ने प्रहरीलाई नियम अनुसार कारबाही गर्ने नगर प्रहरीका डिएसपी कदमलाल महर्जनले जानकारी दिए ।
mahila mathi kutpit
nagar prahari