News

आज हामी कुन अवस्थामा छौं भनि सोच्नै पर्ने बेला आएको छ: पूर्वराजा ज्ञानेन्द्र

आज हामी कुन अवस्थामा छौं भनि सोच्नै पर्ने बेला आएको छ: पूर्वराजा ज्ञानेन्द्र
कात्तिक – ४ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको पशुपतीस्थित बनकालीमा विराट हिन्दू सम्मेलनको सम्बोधन गरे गरेका छन् । विश्व हिन्दू महासंग अन्तर्राष्ट्रिय समितिले सम्मेलनको आयोजना गरेको हो । ganendra उनले देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनलाई विहीबार सम्बोधन गर्दै चेतावनी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक अस्थीरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताए । उनले यस्तो परिस्थिति कसरी सिर्जना भयो भनेर जनताले प्रश्न गर्नुपर्ने बेला आएको धारणा समेत राखे । पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक अस्थीरताका कारण देशमा बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताए । 'कहिले पराजित नभएको नेपाल कुनै बेला विश्व शान्ति सहिष्णुताको उपमा थियो भने आज हामी कुन अवस्थामा छौं भनि सोच्नै पर्ने बेला आएको छ' पूर्वराजा ज्ञानेन्द्रले सम्बोधनका क्रममा भने । हिन्दू राष्ट्रको अभियानमा लागेको महासंघले बनकालीमा पहिलो दिन उद्घाटन कार्यक्रम गरेको छ। सम्मेलनको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमपछि बाँकी दुई दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन गर्नेछ । समितिले हिन्दू धर्मावलम्बीको सैद्धान्तिक लडाइँका लागि विशेष प्रस्ताव पास गर्न सम्मेलन गर्न लागिएको बताएको छ । सम्मेलनमा थाइल्यान्ड, मौरिसस, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया क्यानडा, बेलायत लगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनले हिन्दू धर्ममा देखिएका विकृति, संविधानमा धर्म निरपेक्षतालगायतका विषयमा छलफल गरी धर्मगुरुहरुबाट निचोड निकालिने आयोजकले जनाएका छन् ।

purbaraj Ganendra Shah

विशेष