विदेश

यसरी भएको थियो राजीव गान्धीको विवाह (भिडियोसहित)

यसरी भएको थियो राजीव गान्धीको विवाह (भिडियोसहित)
कात्तिक ४ ।  मिति २५ फ्रेवअरी सन् १९६८ स्थान सफदरजंग सडक दिल्ली तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिर गान्धीको आवास र मौका थियो । लण्डनबाट फर्किएका राजीव गान्धी र उनकी हुनेवाला पत्नी तथा गर्ल फ्रेन्ड सोनिया माइनोको विवाह भएको हो । भारतको सबैभन्दा ठूलो राजैनैतिक परिवारमा यस अवसरमा खुसीयालीको माहौल रहेको थियो । भारतको राष्ट्रपति देखि सबै उच्च नेताहरु वरवधुलाई आशिर्वाद दिनका लागि उपस्थित थिए । rajiv-gandi जेवियर मोर्रोको पुस्तक ‘दी रेड साड़ी’ मा यस कुराको राम्रो तरिकाले बयान गरिएको छ । कसरी सोनिया र राजीवको क्याम्ब्रीज यूनिभर्सिटीमा चिनजान भएको थियो । फेरि जब इन्दिरा गान्धी त्यहा राजीव गान्धीलाई भेट्न पुगेकी थिइन्, तब राजीवले त्यहा कसरी भेटेका थिए । फेरि उनीहरुले विवाहको प्रस्ताव गरे । देशको सबैभन्दा ठूलो राजनैतिक परिवारको छोरा एक विदेशी महिलासँग विवाह गर्ने तरखरमा थियो । चुनावमा यसको असर के हुन सक्छ, यस्तै धेरै चिन्ता रहेको थियो । र त्यसकारण पनि सोनियाको परिवार आफ्नो छोरी माथि चिन्ता गरिरहेकै थिए । कसरी उनले भारतमा एडजस्ट गर्ने छिन् । किनकी आज भन्दा लगभग ५० वर्ष अगाडि भारत एकदमै फरक थियो । र सोनिया इटलीमा बसोबास गर्थिन । सोनियालाई राजीवसँग केही चिन्ता तथा गुनासो थिएन् । तर उनको यति मात्र इच्छा थियो की राजीव कहिले पनि राजनीतिमा नजाऊन् । यि सबै भएपछि पनि अन्त्यतः उनीहरुको विवाह भयो । उनीहरुको विवाह कश्मीरी रिवाजबाट भएको थियो । अर्काे दिन अखबारमा यी सबै कुराहरु छापिए । देशको राष्ट्रपतिदेखि सबै उच्च ओहोदाका नेताहरुको अनुहार पनि अखबारमा छापिएका थिए । विवाहमा सोनियाले केही गहना तथा आभूषण लगाएकी थिइनन् । उनले केवल कश्मीरी फूलको जूरे र गुलाबी रंगको साडी लगाएकी थिइन् । राजीवले भने शेरवानी र गुलाबी रंगको पगरी लगाएका थिए ।

bibaha Marridge rajib gandhiko bibaha Rajiv Gandhi

विशेष