हिलारीलाई भोट दिए पपस्टार म्याडोनाको यस्तो अफर

कात्तिक–४ । अमेरिकामा चुनावी चहल पहल बढ्दै जाँदा मुख्य प्रतिपस्पर्धी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच अन्तिम बहस भएपछि चुनावी नतिजाका अनुमान शुरु भएका छन् ।
यसैबीच अमेरिकाकी ५८ वर्षीया चर्चित गायिका तथा पपस्टार म्याडोनाले हिलारी क्लिन्टनलाई भोट दिनेलाई एक अफर ल्याएकी छिन् । अफरमा उनले हिलारीलाई भोट दिनेलाई मुख मैथुन गरिदिने भएकी छिन् ।
उनले न्यूयोर्कको म्याडिसन स्क्वाएरमा आयोजित कमेडी पार्टीमा बोल्दै भनिन् , ‘यदि तपाइँ हिलारीलाई भोट दिनु हुन्छ भने म तपाइँसँग मुख मैथुन गर्न तयार छु ।’
यति मात्र नभई म्याडोनाले हिलारीको पक्षमा भोट माग्दै भनिन् ,‘मुख मैथुनमा म माहिर छु, म आँखामा आँखा राखेर मुख मैथुन गरिदिन सक्छु ।’
विवादमा आउन लाज नमान्ने म्याडोनाले गरेको अफरले अमेरिकामा मात्र नभएर विश्वभरी मिडियामा सनसनी मच्चाएको छ । ट्वीटर जस्ता सामाजिक सञ्जालमा झन् ट्रेण्डिङ नै चलेको छ ।
hilary clinton
myadona
Popstar

