News

एमालेद्वारा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी

एमालेद्वारा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी
कात्तिक ४ । नेकपा एमालेले आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले ह्वीप जारी गरेको हो । umale संसदीय दलको बैठकमा बुधबार दर्ता भएको महाअभियोग प्रस्तावलाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा सांसदहरुलाई आवश्यक निर्देशन दिइएको तथा आईतबारको संसद बैठकमा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिइएको बैठकपछि प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । ढकालले सभामुखको जेनेभा भ्रमण समेत स्थगित गरेर महाअभियोग सम्बन्धि विषयमा थप छलफल आवश्यक रहेकोले सरकारले नै समय मागेकाले बिहीबारको संसद बैठक स्थगित भएको बताए ।

nekapa umale Samsad Samsad baithak jari

विशेष