News

मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित
कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपनि त्यसको असर मन्त्रिपरिषद बैठकमा परेको छ । बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक बिहीबार नै चार बजेसम्मका लागि सारिएको थियो । तर अन्तिम अवस्थामा पुनः मन्त्रिपरिषद बैठक स्थगित भएको छ । mantri-parishad-karyalayमन्त्रिपरिषद् स्रोतका अनुसार संसदमा लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्तापछि सरकारमा सहभागी दल धारणा बनाउन बैठकमा व्यस्त भएका कारण मन्त्रिपरिषद् बैठक बस्न नसकेको हो । मन्त्रिपरिषदको अर्को बैठकको मिति तय नभएको स्रोतको भनाइ छ । ‘संसदमा दर्ता महाअभियोग प्रस्तावका विषयमा सरकारमा सहभागी दल छलफलमा भएका कारण आज बैठक बस्न सकेन,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘अर्को बैठकको मिति तय भएको छैन ।’ सत्ता सहयात्री नेपाली कांग्रेसको बिहीबारदेखि केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । आजै बस्ने भनिएको संसद बैठक पनि आइतबार बिहान ११ बजेसम्मकालागि स्थगित भएको छ ।

baithak sthagit mantriparisad

विशेष