विदेश

पेनसिल्भानियामा विमान दुर्घटना, ३ को मृत्यु

पेनसिल्भानियामा विमान दुर्घटना, ३ को मृत्यु
कात्तिक–४ । पेनसिल्भानियामा भएको विमान दुर्घटनामा तीन जना क्यानाडाली नागरिक मारिएका छन् । plane मध्यउत्तरी अमेरिकी राज्य पेनसिल्भानियामा भएको विमान दुर्घटनामा मारिएका तीन व्यक्तिको सनाखत भएको र तीनै व्यक्ति क्यानाडाली नागरिक रहेको पेनसिल्भानिया राज्यका प्रहरीले जानकारी दिएका छन् । पेनसिल्भानियाले जनाएअनुसार मृतकहरू २५ वर्षीय रिफाट टाविग, १८ वर्षीय कोरी माइज्याक र १९ वर्षीय बेन्जामिन जेफ्रिएस् रहेका छन् । यी तीनैजना युवक क्यानाडाको ओन्टारियो निवासी भएको पनि समाचारमा उल्लेख छ । अमेरिकी सङ्घीय हवाई प्रशासन (एफएए) का अनुसार पाइपर पीए–२८ मोडेलको एउटा सानो विमान भर्जिनिया राज्यको रिचमन्ड अन्तराष्ट्रिय विमानस्थलबाट क्यानाडाको सेन्ट क्याथरिन्स–निगारा डिस्ट्रिक्ट विमानस्थलतर्फ उडिरहेकोे थियो । सो विमान अचानक पेनसिल्भानिया राज्यको पोटर काउन्टीको दक्षिणी इलाकामा अवस्थित सानो नगर किटिङ टाउनसिपमा दुर्घटनाग्रस्त भएको होे । पेनसिल्भानिया प्रहरीका अनुसार सो दुर्घटनास्थल भिरालो परेको, तीखा चट्टानयुक्त कठिन दुर्गमस्थल र जङ्गलको भित्र अवस्थित छ । विमान दुर्घटनाको खास कारण भने हालसम्म खुलिसकेको छैन ।

America palsivaniya plane accident

विशेष