‘मेरो कृषि उद्यमशीलताको कथा’ नामक राष्ट्रव्यापी प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना
कात्तिक–४ । वाईपार्ड नेपालले कृषि उद्यमीको कथा सुन्ने र सुनाउने ‘मेरो कृषि उद्यमशीलताको कथा’ नामक राष्ट्रव्यापी प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरेको छ ।
आयोजकले आवेदन दिनको लागि सम्पूर्ण नेपाली कृषि उद्यमी (१८–३९ उमेर) समूहलाई आह्वान गरेको छ। आवेदन कात्तिक ४ देखि मङ्सिर १५ सम्म दिन सकिन्छ ।
नेपालको कृषिमा देखिएका जटिल समस्याका बाबजुत युवाहरुले देशमै रही कृषि क्षेत्रमा सूचना र प्रविधिलाई अपनाउदै व्यवसाय गरिरहेका अनुभव, सफलता, असफलता, समस्या र समाधानका कथाहरु कृषिमा आउन चाहने नयाँ युवा पुस्तालागि निकै महत्वपुर्ण विषयलाई मध्यनजर राख्दै वाईपार्ड नेपालले प्रतियोगिता आयोजना गरेको हो ।
संस्थाका अनुसार यस प्रतियोगीता आयोजना गर्नुको प्रमुख उद्देश्य युवाहरुमा कृषिप्रतिको सकारात्मक विचारको विकास गरी उनीहरुलाई कृषि क्षेत्रमा व्यवसायिक रुपले प्रस्तुत हुने हौसला प्रदान गर्नु हो।
युवा कृषि उद्यमीहरुका आफ्नो व्यवसाय गर्दाको प्रेरणादायी अनुभव, सफलता, असफलता, नविन प्रयोग, व्यवसायले समाजमा परेका सकारात्मक प्रभाव, आधि कुराहरु समेटिएका कथाहरुलाई निम्न ३ वर्ग (प्रेरणादायी, नविन प्रयोग, सामाजिक प्रभाव)मा वर्गीकृत गरि प्रत्येक वर्गबाट १–१ उत्कृष्ट कथा छनौट गरि पुरस्कृत गरिने आयोजकले जनाएको छ।
प्रत्येक विजेताले पुरस्कार स्वरुप नगद रु.२०,००० प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुनको लागि कुनै पनि कृषि उद्यम सम्बन्धी उद्यमीको अनुभव, प्राविधिक प्रयोग, सामाजिक प्रभाव, सफलता र असफलताका कुराहरु समावेश गरेर नेपाली वा अंग्रेजी भाषामा ५०० शब्द सम्ममा लेखिएको एउटा कथा सँगसँगै उक्त व्यवसायको १ देखि ३ ओटासम्म फोटो समाविष्ट गरि यस कार्यक्रमको अनलाइन आवेदन फारम भर्नु पर्ने छ अथवा [email protected] मा पठाउन सकिनेछ ।
यदी उद्यमी आफै कार्यक्रममा सहभागी हुन नसकेमा निजको स्वीकृति लिई प्रतिनिधिको रुपमा अर्को व्यक्तिले पनि कार्यक्रममा सहभागिता जनाउन सक्ने व्यवस्था पनि गरिएको आयोजकले बताएका छ्न्। कार्यक्रम सम्बन्धी थप सम्पूर्ण जानकारी Lstorytelling.edumala.com मा पाइने छ।
Krishi