पाकिस्तानमा भारतीय च्यानलमाथि रोक

कात्तिक – ४ । पाकिस्तानमा भारतीय टिभी च्यानलका सामग्री प्रशारणमा रोक लगाएको छ । इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरीटी (पेमरा)ले भारतीय टिभि च्यानलका सामग्रीमा रोक लगाएको हो ।
पाकिस्तानको राजधानी इस्लामावादमा भएको बैठकले शुक्रबारदेखि नै भारतीय टिभी च्यानल बन्दगर्ने निर्णय गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
पेमराले विज्ञप्ती निकालेर उक्त कुरा बताएको छ, ‘शुक्रबार २१ अक्टोबर दिउँसो तीन बजेदेखि पाकिस्तानमा भारतीय टिभी च्यानलको प्रसारण सम्पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’
प्रतिबन्ध उल्लंघन गरे कानूनी रुपमा कारबाही गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
India
Pakistan
telivision
