महाअभियाेग लगाउने प्रस्तावमा राप्रपाकाे अन्याेल

कात्तिक ४ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले लोकतन्त्रलाई बलियो बनाउनको लागि भ्रष्टाचार निर्मुल पार्नुपर्ने बताएका छन् ।
राजधानीमा बिहिबार आयोजित कार्यक्रममा उनले अख्तियार प्रमुख कार्कीले भ्रष्टाचार न्युनिकरणको लागि महत्वपूर्ण कामहरु गरेको स्मरण गर्दै भने,‘उहाँले भ्रष्टाचार रोक्नको लागि महत्वपूर्ण कदम चाल्नुभएको थियो, उहाँको काम गराईले धेरैमा तरंग पैदा भएको थियो, हामीले सुशासन समितिमा बोलाएर सानो माछा मात्रै नभएर ठूलै ह्वेल माछा समात्न समेत भनेका थियौं ।’
यद्धपी उनले महाअभियोग प्रस्ताव समितिमा दर्ता भएपनि यसको बारेमा आफ्ना पार्टीले अहिलेसम्म कुनै आधिकारिक धारणा नै बनाई नसकेको जिकिर गरे ।
गिरीले हिजोमात्रै महाअभियोग समिति गठन भएको उल्लेख गर्दै समिति गठन भएकै दिन महाअभियोग प्रस्ताव दर्ता पाएको कुरा मिडियामा मार्फत थाहा पाउँदा आश्चर्य लागेको बताए । उनले थपे,‘म स्वयम हाम्रो पार्टीको तर्फबाट समितिको सदस्य हुँ, तर मलाई यसबारेमा कुनै जानकारी नै थिएन ।’
कार्यक्रममा मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गरे ।
Raprapa Nepal
