आगामी १४ महिनाभित्र तीन तहको निर्वाचनः उपप्रधानमन्त्री महरा
कात्तिक - ४ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले संविधानले व्यवस्था गरेअनुसार आगामी १४ महिनाभित्र तीन तहको निर्वाचन गर्न सरकार जिम्मेवारीका साथ लागेको बताए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बुटवलले आयोजना गरेको राष्ट्रिय औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन प्रदर्शनी एवम् तिहार महोत्सव २०७३ को उद्घाटन गर्दै उनले अहिलेको अर्थतन्त्र परनिर्भरतातर्फ जाने खतरा बढेको बताए । व्यापार घाटाले भएकाले त्यसलाई कम गर्न र देशलाई आत्मनिर्भर बनाउन राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रिय उद्योगलाई प्रोत्साहन गर्न सरकार गम्भीर छ’, उनले भने ।
उनले सरकार र निजी क्षेत्रको सहकार्यबिना समाजवादी अर्थतन्त्रको विकास सम्भव नभएको बताउँदै निजी क्षेत्रको प्रोत्साहनका लागि राष्ट्रिय उद्योगको प्रोत्साहन र संरक्षणमा सरकार गम्भीर रहेको स्पष्ट पारे ।
कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का नेता हकिउल्लाह खाँले नेपाल उत्तर र दक्षिणका दुई ठूला विकसित राष्ट्रबाट फाइदा लिन सक्नुपर्नेमा हाम्रो अदूरदर्शी सोचका कारण सम्भव नभएको बताए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन अर्थतन्त्र निर्माणका लागि सरकारसँग राष्ट्रिय उद्योगलाई प्रोत्साहन र संरक्षणको नीति ल्याउन आग्रह गरे । यही कात्तिक १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा १३ प्रकृतिका ४२२ कक्ष छन् ।
Krishna Bahadur Mahara
krishna bahadur mahara china vraban