News

भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः नेपाली भुभाग डुबानमा

भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः नेपाली भुभाग डुबानमा
कार्तिक - ४ । भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः नेपाली भुभाग डुबानमा परेको छ । भारतले पानी जम्मा गरी सिचाई गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको चार बाधको फाटक (ढोका) बन्द गर्दा नेपाली भूभाग डुबेको हो । dhandubayo भारतीय बझाहा, महलीसागर, सिसवा र मझौली बाँधको ढोका पूर्ण रुपमा बन्द गरिएको स्थानियबासीले जानकारी दिएका छन् । जिल्ला कृषि विकास कार्यालयले डुबानको कारण सो क्षेत्रमा काटनका लागि तयारी अवस्थाको एक हजार हेक्टर क्षेत्रको धानबाली डुबेर नष्ट भएको छ । फाटक नखोले पछि दक्षिणी सीमावर्ती क्षेत्रका एक दर्जन गाबिस प्रभावित बनेका छन् । चार वटै बाँधका कारण ६ गाबिसका २५ गाँउमा लगाईएको ९४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा ठूलो क्षति भएको छ । सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो । पिपराको तुल्सीडहवामा एक सय, गौरामा दुई सय, बलहुवा गाबिसको सिसहनियामा ३५, बिजुवा गाविसको एक देखि ६ वाडका २७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ । यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको स्थानिय राम लखन जैसवालले जानकारी दिए । अहिले खेतमा पाँच फिट बढी पानी रहेको छ । बाँध निर्माण भए यता बर्षेनी हुने यस्ता डुवानकै कारण २०–२५ बर्ष यता कृषकले राम्ररी खेतीपाती स्याह्नै पाएका छैनन् । असोजको बर्षा पछि भारतीय पक्षले अहिले सम्म बाँधको ढोका खोलेका छैनन् ।

dhan India Nepali Bhubhag duban ma

विशेष