News

'देशमा निषेधको राजनीतिले असन्तुलन'

'देशमा निषेधको राजनीतिले असन्तुलन'
कात्तिक - ४ । पूर्व राजा ज्ञानेन्द्रले राजनीति ठीक हालतमा नभएकाले जनताले सोच्ने बेला भइसकेको बताए । जनतामा छाएको चरम निराशालाई अभिसापको संज्ञा दिदै यस्तो अवस्था किन आयो भनेर नेपाली जनताले प्रश्न गर्नुपर्ने समय आएको धारणा राखे । purba-raja बिश्व हिन्दु महासंघले आयोजना गरेको हिन्दु सम्मेलनको उद्घाटन गर्दै उनले देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोह निम्त्याउने चेतावनी दिएका छन् । पुर्व राजा शाहले भारत र चीन जोड्ने सेतुका रुपमा रहेको हिन्दुधर्मलाई सम्मान गरेमा मात्र देशमा शान्ति स्थिरता रहने र स्वाभिमानको रक्षा हुने बताए । उनले हिँन्दु धर्मको महत्वका कारण धार्मिक पर्यटनको बिकास हुने धारणा राखे । त्रिभुवन विश्व विद्यालय संस्कृत केन्द्रिय विभागका उपप्रध्यापक एवं अन्तराष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलनका सहसंयोजक जर्नादन घिमिरेले वैदिक ज्ञानको उन्नति नभएसम्म मुलुकको उन्नती नहुने बताए छन् । विश्व हिन्दु महासंघका अध्यक्ष कणेल हेम बहादुर कार्कीले पूर्वराजालाई श्रीपेच फिर्ता माग्ने बेला भएको उद्घोष गरे ।

purba raja ganendra

विशेष