विदेश

प्राकृतिक प्रकोपका कारण एक हजार तीन सयको मृत्यु

प्राकृतिक प्रकोपका कारण एक हजार तीन सयको मृत्यु
कात्तिक - ४ । चीनमा सन् २०१६ मा जनवरीदेखि सेप्टेम्बरसम्मको नौ महिनाको अवधिमा प्राकृतिक प्रकोपका कारण एक हजार ३१७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । चीनले बाढी, पहिरो, असिना, आँधीलगायतका भौगोलिक दुर्घटनाका कारण सन् २०१६ को सोही अवधिमा ६९ अर्ब ६२ करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोरेको चीनको नागरिक मामिलासम्बन्धी मन्त्रालय र राष्ट्रिय प्रकोप न्यूनीकरण आयोगले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बाढीपहिरोका कारण चार लाख ९० हजार घरमा क्षति पुगेका कारण तीस लाख १९ हजार अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको बताइएको छ । चीनमा जुन र जुलाई महिनामा वर्षाका कारण अत्यधि प्राकृतिक दुर्घटना हुने गर्छ । सिन्ह्वा

china disaster

विशेष