News

म्याद तामेलीमा अवरोध पुर्याउने सइ गौतममाथि छानबिन सुरु

म्याद तामेलीमा अवरोध पुर्याउने सइ गौतममाथि छानबिन सुरु
कात्तिक – ४ । म्याद तामेलीमा अवरोध पुर्याउनेको भन्दै प्रहरी नायब निरीक्षक नकुलराज गौतममाथि महानगरीय प्रहरी कार्यालयको निर्देशनमा महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई अवरोध पुर्याउने समूहमा सादा पोसाकमा गौतमसमेत देखिएका थिए । महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापाले सइ गौतमबारे छानबिन गर्न परिसरलाई लिखित निर्देशन पठाइसकिएको जानकारी दिए । महानगरीय प्रहरी वृत्त बानेश्वरमा कार्यरत सइ गौतमले म्याद तामेलीका लागि गएका तामेलदारलाई अवरोध र्पुयाएको दृश्य नै फेला परेपछि सर्वोच्चले समेत उनीमाथि अदालतको मानहानिमा कारबाही गर्ने प्रक्रिया सुरु गरेको हो । कृषि विकास बैंकका अध्यक्ष एवं पूर्व कानुन सचिव प्रमोद कार्की, लोकमानका कान्छा ज्वाइँ तथा कांग्रेस काठमाडौं जिल्ला समितिका सदस्य प्रबल थापालगायतमाथि समेत अदालतको काम कारबाहीमा अवरोध पुर्याएको भन्दै सर्वोच्चले कारबाहीको तयारी गरेको कान्तिपुरले उल्लेख गरेको छ ।

lokmanshing karki nahakulraj gautam

विशेष