खेल ताजा खबर News

फिफा बरिएतामा भूटानको छलाङ, नेपाल यथावत

फिफा बरिएतामा भूटानको छलाङ, नेपाल यथावत

fifa

कात्तिक ५ । विश्व फुटबलको प्रशासकिय निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ८६ औं स्थानमै कायम छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल दक्षिण एसियामा चौथो स्थानमा यथावत छ ।

नेपालभन्दा अगाडि भारत, माल्दिभ्स र भुटान छन् । १० स्थान सुधार गरेको भुटान एक सय ७९ औं स्थानमा पुगेको छ । भुटान नेपालभन्दा ७ स्थान माथि छ । त्यस्तै ११ स्थान सुधार गर्दै भारत एक सय ३७ औं स्थानमा पुगेको छ भने ७ स्थान सुधार गरेको माल्दिभ्स एक सय ५८ औं स्थानमा छ ।

बंगलादेश तीन स्थान तल झर्दै एक सय ८७ औं स्थानमा पुगेको छ । बरियातामा श्रीलंका र पाकिस्तान क्रमशः एक सय ९४ औं र एक सय ९७ औं स्थानमा छन् । फिफा बरियाताको शीर्ष स्थानमा अर्जेन्टिना कायम छ । एक एक स्थान सुधार गर्दै जर्मनी र ब्राजिल क्रमशः दोस्रो र तेस्रो स्थानमा पुगेका छन् ।

Fifa

विशेष